कीवर्डहरू -

माइक्रोम्याक्सका २ वटा नयाँ स्मार्टफोन नेपालमा, यस्ता छन् विशेषता

माइक्रोम्याक्सका २ वटा नयाँ स्मार्टफोन नेपालमा, यस्ता छन् विशेषता

ग्लोबल बिजनेस ग्रुप अन्तरगतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको छ ।

काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालको लागि शंकर इन्टरनेसनल प्रालि एक मात्र आधिकारिक बिक्रेता भएको बताएको हो ।

नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट १ सेरिजका दुइ वटा भेरिएन्टमा उपलब्ध छन् । ६.६७ इन्च डिस्प्ले र हेलियो जी ८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट फोन भएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

इन नोट–१ को दुई वटै फोनमा पछाडिको क्यामेरा ४८ मेगापिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ मेगापिक्सेलको रहेको छ । ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज भएको इन नोटको बजार मुल्य १९ हजार ९९० रुपैयाँ रहेको छ भने ४ जीबी र्‍याम १२८ जीबी इन्टरनल स्टोरेज भएको इन नोट–१ को बजार मुल्य २१ हजार ४९० रुपैयाँ रहेको छ ।

कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाईल चाडैनै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने विश्वास व्यक्त गरेका छन् ।

भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपाल भर चाडैनै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको विस्तार गर्ने पनि बताएको छ ।