कीवर्डहरू -

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सेवा

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सेवा

मेगा बैंकले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ ।

मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोह गर्दै क्यूआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ गरिएको हो ।

गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।