कीवर्डहरू -

आगामी बैशाख २८ गतेदेखि ‘प्रभु पे क्यान इन्फोटेक २०२१’ आयोजना हुने

आगामी बैशाख २८ गतेदेखि ‘प्रभु पे क्यान इन्फोटेक २०२१’ आयोजना हुने

आगामी बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म क्यान इन्फोटेक २०२१ आयोजना हुने भएको छ । आईतबार कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले सोल्टी क्राउन प्लाजामा पत्रकार सम्मलेन गर्दै आउँदो बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म भूकुटिमण्डपमा क्यान इन्फोटेक २०२१ आयोजना हुने जानकारी दिएको हो ।

नेपालमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीको यो २७ औं संस्करण हो, जुन ६ दिन सम्म चल्नेछ ।

विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष २०२१ मा भने कोविड-१९ का कारण गत वर्ष भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुंदैछ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पेले गरेको छ भने सह-प्रायोजन वर्ल्डलिंक कम्युनिकेशन रहेको छ । त्यस्तै  प्राज्ञिक साझेदारको रुपमा सनवे कलेज र डिजिटल डिस्प्ले साझेदारको रुपमा अल्ट्रा एलइडी रहेको छ । प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै प्रिण्ट र अफिसियल प्रायोजन आईतबारदेखि खुला गरिएको छ ।

\"\"

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रर्दशनी सुचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिने थलो पनि हुने विश्वास आयोजकको रहेको छ ।

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन्, जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार केन्द्र मुख्य हुने जनाइएको छ ।

प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

\"\"

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

यस वर्षको क्यान इन्फोटेक ३ लाख बढिले अवलोकन गर्ने क्यान महासंगको अपेक्षा रहेको छ ।  यस पटकको इन्फोटेकमा प्रवेश टिकटलाई पेपरलेस गर्ने आयोजकले जनाएको छ । साथै क्यान इन्फोटेक २०२१ का लागि चैत्र ८ गते देखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिङ्ग समेत खुल्ला हुनेछ ।