कीवर्डहरू -

क्यान महासंघ र सनवे कजेलबीच सम्झौता, ७३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने

क्यान महासंघ र सनवे कजेलबीच सम्झौता, ७३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ र सनवे कलेजबीच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

आईतबार क्यान महासंघका पूर्व अध्यक्ष हेमन्त चौरासिया र सनवे इन्टरनेसनल बिजनेस कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलबीच छात्रवृत्ति प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

त्यस्तै क्यान महासंघका पूर्व अध्यक्ष हेमन्त चौरासियाले जेहेन्दार तता गरिब विद्यार्थीहरु आईटी पढ्नबाट बञ्चित नहुन भनेर यो छात्रवृत्ति कार्यक्रम ल्याएको बताए । आगामी दिनमा अन्य छात्रवृत्ति दिने कोसीसमा आफु रहने पनि उनले बताए ।

यो सम्झौतासँगै सनवे कलेजले ७५ जना विद्यार्थीलाई ब्याचलर्स इन कम्प्युटिङ कोर्षमा छात्रवृत्ति प्रदान गर्नेछ । जसमा कलेजले ३ जना विद्यार्थिलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने छ भने प्रत्येक प्रदेशबाट १० जना गरी सात प्रदेशबाट ७० जना विद्यार्थीलाई ५०-७० प्रतिशत सम्म छात्रवृत्ति उपलब्ध गराउने छ । छात्रवृत्ति छनोट समितिले छात्रवृत्तिका लागि विद्यार्तीहरु छनोट गर्नेछ ।

उक्त कार्यक्रममा बोल्दै प्रमोद पौडेलले आइटी पढ्ने इच्छा भएका तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर उनीहरुलाई डिजिटल ट्रान्सफरमेसनमा अगाडि बढाउन सकिने बताए ।

यसअघि क्यान महासंघ र लर्डबुद्ध एजुकेसन फाउनडेसनबिच पनि आर्थिक रुपले विपन्न ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको थियो ।