कीवर्डहरू -

सफ्टवेयरको सोर्स कोड दूरूपयोग गर्ने तीनजना पक्राउ

सफ्टवेयरको सोर्स कोड दूरूपयोग गर्ने तीनजना पक्राउ

सफ्टवेयरको सोर्स कोड दूरूपयोग गर्ने तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रिफेस टेक्नोलोजी प्रालिका ३ जना सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का ३९ वर्षिय बिनिल के.सी., रूपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ५ का ४० वर्षिय श्याम बहादुर चौधरी र नवलपरासी पुर्वको कावासोती नगरपालिका वडा नं. ७ का ३६ वर्षिय शंकर ज्ञवाली रहेका छन् ।

नेसनल सफ्टवेयर एण्ड आईटी सोलुसन प्रालिको स्वामितवमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तन बाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी प्रालि नामक कम्पनी सञ्चालन गरी उक्त सोर्स कोड र युजर इन्टरफेस दूरूपयोग गरी विभिन्न संघसंस्थालाई बिक्री वितरण गरेको भनेर साइबर ब्यूरोमा निवेदन परेको थियो ।

\"\"

ब्यूरोका अनुसार उक्त निवेदनको प्राविधिक विश्लेषन तथा अनुसन्धान गर्दा प्रिफेस टेक्नोलोजिले सोर्स कोड र युजर इन्टरफेस दूरूपयोग गरेको हुँदा उक्त कम्पनीमा संलग्न सञ्चालकहरुले विद्युतीय बकारोबार ऐन २०६३ विपरितको कार्य गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरुलाई पक्राउ गरेको र चैत १ गते  काठमाडौं जिल्ला अदालतको आदेशले ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।