कीवर्डहरू -

अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने

अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ । बैङ्कले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।

एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ । शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै अनलाइन भुक्तानीको सेवा शुभारम्भ गरे ।

बिराटनगर मेडिकल कलेज रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्युआर कोडमार्फत भुक्तानी हुने भएको हो । व्यवसायमा नगद रहित कारोबार गर्दा छिटो छरितो र सुलभ ढंगमा कारोबार हुने हुँदा यसले आम व्यवसायी र सेवाग्राही वर्गमा लाभ पुग्ने एनसीसी बैङ्कले अपेक्षा लिएको छ ।

क्यु आर कोड हस्तान्तरण गर्दै  गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएकोले नोट कम चलाएर डिजिटल कारोबार गरि राष्ट्रकै लागि योगदान पुर्‍याउन सकिने भन्दै  सबैलाई यसमा सहयोगका लागि आग्रह समेत गरे ।