कीवर्डहरू -

खल्तीको भाइबर कम्युनिटिमा जोडिँदा आईफोन १२ जित्ने मौका

खल्तीको भाइबर कम्युनिटिमा जोडिँदा आईफोन १२ जित्ने मौका

नेपालको एक लाेकप्रिय डिजिटल वालेट खल्तीले आफ्नो भाइबर कम्युनिटीमा खल्तीमा आइफोन १२ नामक अभियान संचालन गरिरहेको छ । जस अन्तर्गत खल्तिको भाइबर कम्युनिटीमा जोडिदा १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन् ।

अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउने ठुलो माध्यम बनेको छ । यसै अन्तर्गत खल्तीले ल्याएको हो "खल्तीमा आइफोन १२" अभियान सञ्चालनमा ल्याएको हो ।

आईफोन १२ जित्नका लागि सुरूमा खल्ती भाइबर कम्युनिटीमा जोइन गरी खल्ती स्टिकर डाउनलोड गर्न पर्नेछ। त्यसपछि खल्ती एप भित्र गई खल्तीमा आइफोन १२ सेक्सनबाट रु. २० को रिचार्ज गर्न पर्नेछ । यसरी खल्तीको लक्की ड्रमा सहभागी हुन् सकिने छ ।

यति मात्र हैन, खल्तीले आफ्नो भाइबर कम्युनिटीमा अझै थुप्रै रमाइलो हुने खेल जस्तै क्विज र गिभअवेहरु पनि गरिरहेको हुन्छ । जसअन्तर्गत जो कोहिले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्छन् । यो अफर २८ मार्चदेखि चैत्र १५ सम्म लागु हुनेछ।

खल्ती वालेटको प्रयोग गरी ६० बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।