कीवर्डहरू -

भोजको वृहत अनलाइन खाना मेला बिहिबार सम्म चल्ने, ७० प्रतिशत सम्म छूटको सुविधा

भोजको वृहत अनलाइन खाना मेला बिहिबार सम्म चल्ने, ७० प्रतिशत सम्म छूटको सुविधा

खानेकुरा अनलाइन अर्डर मार्फत घरघरमा पुर्याउने अनलाइन खाजा स्टोर ‘भोज’ ले आगामी मार्चत १८ अर्थात बिहिबार सम्म वृहत अनलाइन खाना मेला सञ्चालन गर्ने भएको छ। मार्च १२ देखि सुरु भएको वृहत अनलाइन खाजा मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरु चलिरहेको छन्।

यो दौरानमा उपत्यका भित्रका रेष्टुराँहरुबाट खाना अर्डर गरे वापत ७० प्रतिशतसम्म छुट पाइने र इसेवा र फोनपेका माध्ययमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने भोजको संस्थापक निकेत अग्रवालले बताए ।

साथै कोका कोला, पठाओ सवारी, टु पिएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) बाट प्रत्येक अर्डरको साथ फ्रि-बिजहरू हुनेछन्।

चौथो संस्करणमा हुन लागेको अनलाइन खाना मेला

यस वर्ष अन्य अनलाइन फूड फेस्टिवल भन्दा राम्रो हुने भोजको दावी छ। खाद्य संस्कृतिलाई अझ आर्कषक बनाउन र खानाका पारखीहरुलाई सेवा गर्न भोजले २०१७ सालमा पहिलो पटक अनलाइन खाना मेला शुरु गरेको थियो।

‘भोज’ खानाका पारखीहरुका लागि लोकप्रिय मोबाइल एप हो। यस एपको माध्ययमबाट प्रयोगकर्ताहरुले खाना डेलिभरीको लागि अर्डर गर्न, निः शुल्क रेस्टुरेन्ट डिलहरु लिन, समीक्षा पढ्न, मेनूहरू ब्राउज गर्न, भोजवालेटमा नगद कमाउन सक्दछन् भने भोजवालेटलाई रेष्टुरेन्टहरूमा पनि प्रयोग गर्न सक्दछन्।

हाल भोजले ५०० भन्दा बढि रेष्टुराँहरुसँग पार्टनसिप गरेको छ जसमा झण्डै दुई लाख ५० हजार मानिसहरु आवद्ध छन्। एन्ड्रोइड र आइओएसमा यो एप खाना र पिय पदार्थमा नेपालकै उत्कृष्ट तिनमा  परेको छ। त्यस्तै प्लेस्टोमा यो एपलाई एक हजार भन्दा बढिले ४.५  रेटिङ दिएका छन्।