कीवर्डहरू -

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा

डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ र मोरञ्जनात्मक कमेडी शो कमेडी क्याफे सञ्चालनमा ल्याएको छ । कमेडी क्याफे गत फागुन २२ गते देखी डिशहोमको रियालिटी टिभी च्यानल नं. १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।

विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई प्र्यांक कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् ।

हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनी फोन उठाउने व्यक्तिलाई प्र्यांक गर्ने डिशहोमले जनाएको छ । यस कार्यक्रम मार्फत दर्शकले भरपुर मनोरञ्जन कम्पनीको विस्वास रहेको छ ।