कीवर्डहरू -

नेपालमा फाइभजी परीक्षण गरिने 

नेपालमा फाइभजी परीक्षण गरिने 

नेपालमा फाइभजी परीक्षण हुने भएको छ । हालै बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिको बैठकले फाइभजी सेवा परीक्षण गर्ने निर्णय गरेको हो ।

काठमाडौं, विराटनगर, पोखरा र विरगंजमा फाइभजी सेवा परीक्षण गर्ने सरकारको योजना रहेको छ । फाइभजी परीक्षण अवधिभर फाइभजी डेटा निःशुल्क प्रयोग गर्न सकिने जनाइएको छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट तयार पार्न मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजुना गरेको कार्यक्रममा बोल्दै सञ्चार मन्त्री पार्वत गुरूङले फाइभजी परीक्षण गर्ने बाटो खुला भएको जानकारी दिएका हुन् ।