ट्वीटरको बिटकोइन ह्याक गर्ने ग्राहम इभान क्लर्कलाई तीन वर्ष जेल सजाय सुनाइएको छ ।
गत वर्ष क्लर्कले ट्वीटरको बिटकोइन ह्याक गरेका थिए । क्लर्क माथि तीस ओटा अभियोग लगाइएको छ । उनले किशोर सुविधामा तीन वर्ष जेलको सजाय भोग्नुपर्ने हुन्छ ।
क्लर्क युवा उमेरको भएमा उनलाई कम्तीमा पनि दश वर्ष जेल सजाय हुने थियो । उनी सत्र वर्षको हुँदानै दुई जना अरुसँग मिलेर ट्वीटरको बिटकोइन ह्याक गरेका थिए ।
उनीहरुले ११७ हजार डलर बराबरको बिटकोइन ह्याक गरेका थिए । ट्वीटरका अनुसार सोसल इन्जिनियरिङको माध्यमले बिटकोइन ह्याक गरिएको थियो ।
तीन वर्ष जेलमा राम्रो व्यवहार नदेखाएमा सजाय दश वर्ष सम्म हुने पनि जनाइएको छ ।