कीवर्डहरू -

दि फोरेस्टर वेबद्वारा युआईपाथ रोबोटिक प्रोसेस अटोमेसनमा लिडर घोषित

दि फोरेस्टर वेबद्वारा युआईपाथ रोबोटिक प्रोसेस अटोमेसनमा लिडर घोषित

दि फोरेस्टर वेबद्वारा अटोमेसन सफ्टवेयर कम्पनी युआईपाथ रोबोटिक प्रोसेस अटोमेसनमा लिडर घोषित भएको छ ।

सन् २०२१ को पहिलो त्रैमासमा अटोमेसन सफ्टवेयर कम्पनी यूआईपाथ रोबोटिक प्रोसेस अटोमेसनमा दी फोरेस्टर वेबद्वारा लिडर घोषित भएको हो ।

यसमा १४ ओटा भेन्डरबिच प्रतिस्पर्धा भएको थियो, जसमा यूआईपाथले सर्वोत्कृष्ट स्थान हासिल गरेको थियो । कम्पनीले करेन्ट अफरीङ, स्ट्राटेजी र मार्केट प्रजेन्स गरेर तीन ओटा फरक विधामा सर्वोत्कृष्ट स्थान हासिल गरेको हो ।

कम्पनीले प्रोडक्ट भिजन, परफरमेन्स, पार्टनर इकोसिस्टम, डेलिभरी मोडेल जस्तो विधामा पनि एकदमै राम्रो अङ्क ल्याएको थियो ।

कम्पनीले आफ्नो ग्राहकका लागि अटोमेसनको राम्रो सुविधा ल्याइरहेको पनि फोरेस्टर वेबको रिपोर्टले जनाएको छ । त्यस्तै यूआईपाथले दिएको सेवा विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने पनि बताइएको छ ।

साथै यसबारे थप जानकारी दिन युआईपाथले मार्च २५ मा १ घण्टाको वेबिनार समेत आयोजना गर्दैछ । जसमा सहभागीले अटोमेसन प्रक्रियाको बारे जानकारी लिन सक्ने छन् । यस वेबिनारमा सहभागी हुनको लागि यहाँ क्लिक गर्नुहोस् ।

युआईपाथ ग्लोबल कम्पनी हो । व्यवसायलाई पूर्ण रूपमा स्वचालित बनाउने उदेश्यका साथ यसको स्थापना भएको हो ।