कीवर्डहरू -

नेपाली बजारमा ओप्पो एफ १९ प्रो सार्वजनिक, कति छ मूल्य ?  

नेपाली बजारमा ओप्पो एफ १९ प्रो सार्वजनिक, कति छ मूल्य ?  

ओपोले नेपालमा एफ १९ प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । ६.४३ इन्च डिस्प्ले भएको ओप्पो एफ १९ प्रो बुधबार नेपालमा सार्वजनिक भएको हो ।

फुल एचडी प्लस रिसोलुसन भएको फोनमा मिडिया टेकको हेलियो पी ९५ प्रोसेसर प्रयोग गरिएको छ । यसमा ८ जीबी र्‍याम रहेको छ भने १२८ जीबी स्टोरेज राखिएको छ ।

फोनमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहेको छ । ओप्पो एफ १९ प्रोमा ४ वटा रियर क्यामेरा छन् । जसमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेल मोनो क्यामेरा छन् ।

१६ मेगापिक्सेल फ्रन्ट क्यामेरा भएको फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरको सुविधा रहेको छ । त्यस्तै फोनमा अडियोका लागि ३.५ एमएमको हेडफोन ज्याक रहेको छ ।

यसमा ४३१० एमएएचको ब्याट्री रहेको छ भने ३० वाटको फास्ट चार्जर सपोर्ट रहेको छ । नेपाली बजारमा एफ १९ प्रोको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।