कीवर्डहरू -

मेगा बैंकका ग्राहकले फुडमाण्डुमा १५ प्रतिशत छूट पाउने

मेगा बैंकका ग्राहकले फुडमाण्डुमा १५ प्रतिशत छूट पाउने

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

काठमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंया सम्मको ‘क्यास ब्याक’ अफर ल्याएको हो ।

यस अभियान अन्तरगत मेगा बैंकको डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ ।

डिजिटल बैंकिङ अन्तरगत नगद विहीन कारोबारलाई बढावा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए ।

फूडमाण्डूसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिना झन्झट खानाका परिकार खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

मेगा बैंकले विशेषगरि लकडाउनको समयदेखि नगद विहीन कारोबारलाई प्रबर्धन गर्दै यस्ता अफरहरु ल्याउँदै आएको छ ।