कीवर्डहरू -

सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा, सिसिटिभी, ट्राफिक लाइट, राडार सिस्टम अब एकै ठाउँमा

सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा, सिसिटिभी, ट्राफिक लाइट, राडार सिस्टम अब एकै ठाउँमा

सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा आएको छ । बुधबारदेखि ललितपुरको कुपण्डोलमा सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा आएको हो ।

मास टेक्नोलोजीले दाहुवा ब्रान्डका विभिन्न प्रविधि भित्र्याएको हो । १० वर्षदेखि नेपाली बजारमा दाहुवाले व्यापार गर्दै आएको छ । सो शोरूम मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले उदघाटन गरेका हुन् ।

एउटै ठाउँमा सिसिटिभी, ट्राफिक लाइट, राडार सिस्टम, फायर प्रोडक्टलगायतका सामग्री एकै ठाउँमा उपलब्ध गराउने गरी एकीकृत शोकरुम सञ्चालन ल्याएको मास टेक्नोलोजीका प्रबन्ध निर्देशक अख्तर हुसेनले बताए ।