कीवर्डहरू -

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । पब्लिक शेयर धनीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा लगानीकर्ता पौडेल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

टेलिकमको सञ्चालक पदमा मनोनयन दर्ताको समय बिहीबार दिउँसो २ बजेसम्म मात्रै रहेको थियो तर २ बजेसम्म पौडेलको मात्रै मनोनयन परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

पौडेल नेपाली शेयर बजारका अनुभवि खेलाडी हुन् । नेपाल टेलिकममा सरकार ९१.४९ प्रतिशत, सर्वसाधारणको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको छ।