कीवर्डहरू -

टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानी रहेको मोबाइल मनीलाई राष्ट्र बैंकको स्वीकृति

टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानी रहेको मोबाइल मनीलाई राष्ट्र बैंकको स्वीकृति

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा सञ्चालनमा आउन लागेको मोबाइल मनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बिहिबार राष्ट्र बैंकले मोबाइल मनीलाई स्वीकृति प्रदान गरेको हो ।

नेपाल पेमेन्ट डिजिटल लिमिटेड अन्तरगत मोबाइल मनी सञ्चालनमा आउने छ । १ अर्ब अधिकृत पूँजी रहेको कम्पनीमा टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको ३८ प्रतिशत लगानी रहेको छ ।

मोबाइल मनीले स्वीकृति पाएसँगै अब मोबाइल नम्बरबाटै कारोबार गर्न सकिने छ । मोबाइल मनी अब छिट्टै सञ्चालनमा ल्याउने योजना कम्पनीको रहेको छ ।

इन्टरनेट भएको बेला र नभएको बेला दुवै समयमा मोबाइल मनी मार्फत कारोबार गर्न सकिने टेलिकमले जनाएको छ । यसबाट विद्युत, खानेपानी, टेलिफोन, इन्टरनेट, टिभीको बिल तिर्न, टिकट काट्न तथा रकम ट्रान्सफर गर्न सकिने छ ।