कीवर्डहरू -

कनेक्ट आईपीएसबाटै अब मेरो शेयर र डिम्याट खाता नवीकरण गर्न सकिने

कनेक्ट आईपीएसबाटै अब मेरो शेयर र डिम्याट खाता नवीकरण गर्न सकिने

अब कनेक्ट आईपीएसबाट मेरो शेयर र डिम्याट अकाउन्ट  नवीकरण गर्न सकिने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयर खाता कनेक्ट आईपीएससगै प्रभु पे, खल्ती, आईएमई पेबाट मेरो शेयर र डिम्याट खाता नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।

अब भने प्रभु पे, खल्ती, कनेक्ट आईपीएस र आईएमई पे मार्फत पैसा तिर्नासाथ रियल टाइममा खाता नवीकरण हुनेछ । यसअघि सीडीएससीले ईसेवाबाट खाता नवीकरण हुने व्यवस्था गरेको थियो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयर खाता नवीकरण र डिम्याट खाताको वार्षिक शूल्क भुक्तानी सहज बनाउने उदेश्यले मेरो शेयरमा थप चार सेवा प्रदायहरु आवद्ध गराएको जनाएको छ ।