कीवर्डहरू -

अमेरिकी नागरिक हुँ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

अमेरिकी नागरिक हुँ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईसेवा, आईएमई पे वालेटको दुरुपयोग गरी आफू अमेरिकाको नागरिक हुँ भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका-३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रन्जित यादव रहेका छन् ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले सोमबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।