कीवर्डहरू -

काठमाडौंमा एटीएम मेसिन फाेड्दै गरेकाे अवस्थामा एक जना पक्राउ

काठमाडौंमा एटीएम मेसिन फाेड्दै गरेकाे अवस्थामा एक जना पक्राउ

काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन ‘फोड्दा फोड्दै’ एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलम रहेका छन् ।

उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।