कीवर्डहरू -

युट्युबमा अब सजिलैसँग कपिराइट चेक गर्न सकिने

युट्युबमा अब सजिलैसँग कपिराइट चेक गर्न सकिने

युट्युबले कपिराइट भ्वाइलेसन जाँच गर्ने नयाँ स्टुडियो टूल ल्याएको छ । यसले भिडियो अपलोड गर्ने समयमा कपिराइट उल्लंघन भएको छ की छैन् भनेर जानकारी दिनेछ ।

यो प्रणालीको नाम चेक्स रहेको छ जसले भिडियोहरुलाई परिक्षण गर्नेछ । भिडियो अपलोड हुनु पूर्वनै केही समस्या देखिएमा समाधान गर्न सकिन्छ ।

यसले पहिलेनै टाइमकोडको पनि जानकारी दिनेछ । यसले मान्छेलाई नयाँ किसिमको भिडियो बनाउन प्रोत्साहित गर्ने युट्युबको विश्वास रहेको छ । चेक्सले तीन मिनेटमा नै कपिराइटको जाँच गरिदिने गर्दछ ।

त्यस्तै विज्ञापन राख्न मिल्छ की मिल्दैन् भनेर पनि दुई मिनेटमै चेक्सले जाँच गर्नेछ । यसमा युट्युब कन्टेन्ट आइडी भन्ने पनि एउटा फिचर रहेको छ जसले आफ्नो भिडियोमा कपिराइट भ्वाइलेसन कसले गरेको छ र भ्वाइलेसन गरेको भिडियोलाई ब्लक पनि गर्न दिन्छ जसले गर्दा त्यो भिडियो अरुले हेर्न पाउने छैनन् ।