कीवर्डहरू -

क्रोमबाट थर्ड पार्टी कुकिजहरु हटाउँदै गूगल

क्रोमबाट थर्ड पार्टी कुकिजहरु हटाउँदै गूगल

गूगलले सन् २०२२ सम्ममा क्रोमको थर्ड पार्टी कुकिजहरुलाई हटाउने भएको छ । यसले गूगलको ट्रयाकिङ प्रणालीमा पनि परिवर्तन ल्याउनेछ ।

यसले विज्ञापन र प्रकाशनको प्रक्रियामा पनि केही परिवर्तन ल्याउने बताइएको छ । त्यसैले यसको विकल्पमा क्रोमले के गर्छ भनेर चाँही खुलाएको छैन् । यो पनि प्राइभेसी स्याण्डबक्स प्रोजेक्ट अन्तरगतको एक पहल हो ।

प्राइभेसी स्याण्डबक्सले गर्दा क्रोमले  पर्सनलाइज्ड विज्ञापनहरु चाहिँ राख्न दिने भएको छ । यसले गर्दा प्रयोगकर्ताको निजी डेटा र ब्राउजर हिस्ट्री पनि सुरक्षित रहनेछ । यो कसरी काम गर्छ भनेर गूगलले विस्तृत जानकारी दिएको छैन् ।

यसले विशेषगरी मान्छेको चासो अनुसारको विज्ञापन देखाउनेछ । यसले प्रयोगकर्ता र वेब ईकोसिस्टमलाई केही फरक पार्ने पनि गूगलले अनुमान लगाएको छ ।