कीवर्डहरू -

गूगलले सार्वजनिक गर्‍यो शर्ट भिडियो प्लेटफर्म थ्रेडिट

गूगलले सार्वजनिक गर्‍यो शर्ट भिडियो प्लेटफर्म थ्रेडिट

गूगलले कामका लागि थ्रेडिट भन्ने शर्ट भिडियो प्लेटफर्म सार्वजनिक गरेको छ । यो गूगल एरिया १२० भन्ने स्टार्टअपले निर्माण गरेको हो । यो फिचर इन्फल्युएन्सर र ब्लगरहरुलाई लक्षित गरेर बनाइएको हो ।

यसले क्लीपहरु रेकर्ड गरेर आफ्नो टीम मेटहरुसँग सेयर गर्न दिन्छ । लामो भिडियो बनाउनु परेमा ७० मिनेट सम्मको भिडियो बनाउन सकिन्छ । यसमा भिडियोको रिप्लाई गर्न मिल्ने की नमिल्ने भनेर पनि राख्न मिल्ने विकल्प रहेको छ ।

यसमा कामको अनुसारले १७ ओटा भिडियो टेम्पलेट पनि प्रयोग गर्न मिल्छ । अहिलेको लागि यो एप निःशुल्क भएता पनि पछि यो पेड एप बन्न सक्छ ।