कीवर्डहरू -

स्टार्टअपलाई ५ लाख बढी रूपैयाँको एडब्लुएस क्रेडिट निःशुल्क दिदै जेनस, यसरी हुनुहोस् सहभागी

स्टार्टअपलाई ५ लाख बढी रूपैयाँको एडब्लुएस क्रेडिट निःशुल्क दिदै जेनस, यसरी हुनुहोस् सहभागी

जेनस सोलुसनले स्टार्टअप कम्पनीहरुलाई ५ लाख भन्दा बढी रुपैयाँ अर्थात ५ हजार डलर बराबरको अमेजन वेब सर्भिसको क्रेडिट निःशुल्क दिने भएको छ ।

कम्पनीले स्टार्टअप बिजनेसलाई ५ हजार डलर बराबरको अमेजन वेब सर्भिसको क्रेडिट २ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराउने भएको हो ।

जेनस सोलुसनको यो अफर मार्च महिनाको अन्त्य सम्म मात्रै लागु हुने कम्पनीले जानकारी दिएको छ । स्टार्टअप बिजनेसलाई सुरुवात गर्न, ग्रो गर्न र स्केल गर्न जेनस सोलुसनले यो क्रेडिट दिएको हो ।

५ हजार डलर बराबरको क्रेडिट पाउन कम्पनीले निश्चित मापदण्ड समेत तयार पारेको छ । जसमा स्टार्टअप २ वर्षअघि वा त्यस भन्दाअघि स्थापना भएको हुनुपर्ने र वैध डोमेन नाम तथा वेबसाइट हुनुपर्ने बताइएको छ ।

यसभन्दा अगाडि क्रेडिट नपाएका स्टार्टअपहरुले यसमा अप्लाई गर्न सक्ने छन् । यसबाहेक कम्पनीले १०० डलर बराबरको अमेज वेब सर्भिसेस एजुकेट अकाउन्ट समेत प्रदान गर्न जनाएको छ । जसमा विश्वस्तरिय ट्रेनिङ सामग्रीहरु रहेका छन् ।

५ हजार डलर बराबरको क्रेडिट पाउनेले अमेजन वेब सर्भिसेसका २ सय बढी सेवा प्रयोग गर्न पाउने छन् । जसमा कम्प्युट, स्टोरेज, डेटाबेस, एनालाइटिक्स, आईओटी, एआई लगायतका सेवाहरु रहेका छन् । यसमा सहभागी हुन् यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।