कीवर्डहरू -

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासंघ बीच सम्झौता 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासंघ बीच सम्झौता 

चैत्र ७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका बीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरणमा सहयोग गर्नका लागी सम्झौता भएको छ ।

मुसोमको तर्फबाट निर्देशक डा. सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष श्री पदम बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात आर्थिक तथा शैक्षिक समुन्नतीका लागि विभिन्न १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय हुनेछ भने सम्झौता अवधि ५ वर्षको रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।