कीवर्डहरू -

डिशहोमको प्लस मूभी च्यानलको एक दशक पुरा

डिशहोमको प्लस मूभी च्यानलको एक दशक पुरा

टेलिभिजनमा नेपाली चलचित्र मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सुरु गरेको ‘प्लस मूभि’ च्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोमममा ‘मूभी अन डिमाण्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखि ‘प्लस मूभी’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरू प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरु माझ अत्यन्त लोकप्रिय छ ।

नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मूभि’ च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानलमार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।

‘प्लस मूभी’ सँगै डिसहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभी, गुञ्जन, सिनेहिट्स, कमेडीप्लस्, डी मूभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लसजस्ताआफ्नै च्यानलहरु पनि प्रसारण गरिरहेको छ ।