कीवर्डहरू -

अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवाको खरिद वापत भुक्तानी गर्न सकिने जानकारी दिएको हो ।

इजाजतप्राप्त ‘क’ वर्गका बैंक तथा ‘ख’ वर्गका राष्ट्रियस्तरका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक पाँच सय डलरसम्म विदेशमा भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको यो व्यवस्थासँग वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकले ग्राहकलाई पाँच सय डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने छन् ।

लामो समयको प्रयासपछि अब नेपाली बैंकले जारी गरेका प्रिपेड कार्ड प्रयोग गरी नेटफ्लिक्स, अमेजन प्राइम, अमेजन, इबे लगायत अन्य विदेशी वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने छ ।