कीवर्डहरू -

एन्ड्रोइडमा एप  नचल्ने समस्या 

एन्ड्रोइडमा एप  नचल्ने समस्या 

सोमबार केही एन्ड्रोइड प्रयोगकर्ताहरुले एप चल्न छोडेको नोटिफिकेसन पाएका थिए । यसमा जीमेल, बैकिङ एप र गूगल पे जस्ता एन्ड्रोइड एपहरु रहेका थिए ।

धेरै एपहरु प्रयोग गर्दा क्र्यास‍ भइरहेको थियो । यो समस्या सिस्टम कम्पोनेन्ट एन्ड्रोइड सिस्टम वेब भ्यूले गर्दा भएको हो भनेर गूगलले बताएको छ ।

वेब भ्यूले क्रोेम जस्तै ब्राउजरहरु प्रयोग गर्न दिन्छ । त्यस्तै यो प्रणालीले एन्ड्रोइड एपहरुलाई वेबकन्टेन्ट हेर्न दिन्छ ।

वेब भ्यूको अपडेटलाई अनइन्स्टल गरेर अरु एपहरु चल्न थालेको प्रयोगकर्ताहरुको भनाइ रहेको छ । गूगलले यो समस्याको समाधानका लागि काम गरिरहेका छन् ।