कीवर्डहरू -

डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने 

डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने 

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने भएका छन् । डोनाल्ड ट्रम्पका सल्लाहकार ज्यासन मिलरले अबको २-३ महिनामा ट्रम्प आफैले सामाजिक सञ्जाल मार्फत फर्किने बताएका छन् ।

नयाँ प्लेटफर्मले दशौं मिलियन प्रयोगकर्तालाई आकर्षित गर्ने र खेललाई पूर्णरुपमा पुनः परिभाषित गर्ने मिलरको भनाइ रहेको छ ।

गत जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले ट्रम्पको अकाउन्टमा प्रतिबन्ध लगाएका थिए ।