कीवर्डहरू -

मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी

मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी

एलजीले आगामी दिनमा मोबाइल व्यवसायलाई बन्द गर्न सक्ने भएको छ ।

कम्पनीले मोबाइल व्यवसायलाई जमर्नीको भोल्क्सवागेन वा भियतनामको भिनग्रुपलाई विक्री गर्ने भएको छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार विक्रीको दर कम हुँदै गएकाले एलजीले मोबाइल व्यवसायलाई बन्द गर्न लागेको हो ।

कोरिया हेराल्डको अनुसार गत पाँच वर्षमा ४.५ बिलियन डलर गुमेकाले एलजीले यस्तो गर्नुपरेको हो । एलजीले आधिकारिक जानकारी अप्रिल सम्ममा दिने बताएको छ ।

रिपोर्टका अनुसार कम्पनीले कुनै नयाँ मोडेल लञ्च नगर्ने बताइएको छ । यसको अर्थ कम्पनीले रेनबो स्मार्टफोन पनि लञ्च गर्दैन् । कुन कम्पनीले किन्छ भनेर चाँहि सुनिश्चित भएको छैन् ।