माइक्रोसफ्टले गेमिङ एप डिस्कोर्ड खरिद गर्न सक्ने भएको छ। भेन्चरबीटको रिपोर्ट अनुसार माइक्रोसफ्टले डिस्कोर्डलाई १० बिलियन डलरमा खरिद गर्ने प्रयास गरिरहेको छ ।
यदि माइक्रोसफ्टले यो डिल गरेमा कम्पनी स्ल्याकको प्रतिस्पर्धी हुनेछ ।
सम्झौता हुन लागेको हो वा होइन तथा कुन चरणमा छ भन्ने बारे केही पनि बताइएको छैन् ।
केही स्रोतहरुले डिस्कोर्ड विक्री प्रक्रियामा नगएरै सार्वजनिक हुने पनि बताएका छन् । यो सम्झौता भएमा माइक्रोसफ्ट अझै शक्तिशाली हुनेछ ।