कीवर्डहरू -

रेजिलियन्स टेक लिडरसीपको थिममा टेक वेबिनार आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी 

रेजिलियन्स टेक लिडरसीपको थिममा टेक वेबिनार आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी 

टेक वेबिनार नेपालले रेजिलियन्स टेक लिडरसीपको थिममा कार्यक्रम आयोजना गर्ने भएको छ । टेक वेबिनार नेपालले उक्त थिममा अठाइसौँ भर्चुअल मिटिङ आयोजना गर्ने भएको हो ।

सो कार्यक्रम आउँदो आइतबार अर्थात अप्रिल ४ मा ६ बजे देखि सुरु हुने छ । यो कार्यक्रमले सहभागीहरुलाई रेजिलियन्ट लिडर बन्नलाई सहयोग पु¥याउनेछ ।

यसको मतलब केही समस्या आइपरेमा सकारात्मक विचार लिएर चाँडै समाधान गर्ने खालको उपाय निकाल्न सक्ने व्यक्ति बन्न सिकाउने हो ।

कार्यक्रममा वक्ताको रुपमा टेडएक्स स्पीकर तथा कर्पाेरेट ट्रेनर मानुसी अग्रवाल, एजाइल सरकलका संस्थापक रवि भट्टराई, पाथवेइज ग्रुपका संस्थापक आम्बर भाण्डरबर्ग, क्लाउड फ्याक्ट्रीकी सहयोगी इन्जिनियरिंग प्रबन्धक माधुरी श्रेष्ठ र टेक वेबिनार नेपालका संस्थापक जय राज मिश्रा रहेका छन् ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।