कीवर्डहरू -

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने आईकार्ड

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने आईकार्ड

अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैङ्कले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैङ्कले यूएस डलर नबिल आईकार्ड ल्याएको छ ।

यस बैङ्कमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ई–कमर्ससाइट मार्फत् अनलाइन सपिङ गरी विश्वभर (भारतबाहेक) भुक्तानी गर्न सक्नेछन् ।

सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक वर्षमा अमेरिकी डलर ५०० बराबरको परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन् ।

नबिल बैङ्कले ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत बैङ्कले सेवा दिँदै आएको छ ।