इन्टेलले एरिजोनाका दुई ओटा उद्योगहरुमा २० बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । यसलाई कम्पनीले आईडीएम २.० स्ट्राटेजीको नाम दिएको छ ।
यी कम्पनीहरुले इन्टेललाई आफ्नै हार्डवेयर तथा चीप बनाउनलाई मद्दत पु¥याउने छन् । इन्टेलले सन् २०२३ सम्ममा सात न्यानोमिटरको चीप पनि ल्याउने भएको छ ।
यो चीप यो वर्षको दोस्रो क्वाटरमा डिजाइन हुनेछ । आईडीएम २.० स्ट्राटेजीले चीपको अवस्थामा एकदमै परिवर्तन ल्याउने छ ।
इन्टेलले आगामी दिनमा एक्सट्रीम अल्ट्राभ्वाइलेट लिथोग्राफीको प्रयोग गर्ने पनि योजना बनाएको छ ।
इन्टेलले अहिले अमेजन, सिस्को, आईबीएम र माइक्रोसफ्ट जस्ता साझेदारसँग काम गरिरहेको छ । इन्टेललाई अझै राम्रो बनाउँदै अघि बढ्ने इन्टेलका प्रमुख कार्यकारी अधिकृत प्याट गेलसिनगरले प्रतिबद्धता जनाएका छन् ।