कीवर्डहरू -

हालसम्म राष्ट्र बैंकबाट २७ भुक्तानी सेवा प्रदायकले पाए अनुमति

हालसम्म राष्ट्र बैंकबाट २७ भुक्तानी सेवा प्रदायकले पाए अनुमति

नेपाल राष्ट्र बैंकले हालसम्म २७ भुक्तानी सेवा प्रदायकलाई अनुमति दिएको छ । गत चैत ५ गतेसम्म राष्ट्र बैंकले २७ भुक्तानी सेवा प्रदायक (पीएसपी) लाई अनुमति प्रदान गरेको हो ।

राष्ट्र बैंकका अनुसार चैत ५ गतेसम्म आइएमई पे, इसेवा, सेल पे, सिजी पे, खल्ती, मोरू, क्यु पे, पे टाइम, स्मार्ट कार्ड, मोहर पे कार्ड, प्रभु पे, इनेट पे वालेट/एप्सले अनुमति पाएका छन् ।

त्यस्तै मोको, कुराकानी पे, पेवेल, जीएमई पे, डि पैसा, सुपर याप यो पे, यात्रा कार्ड, लेनदेन सेवा, डिजी पे, मोबालेट, आई पे, आई क्यास, नमस्ते पे, एन क्यास र छिटो पैसा वालेट/एप्सले पनि अनुमति पाएका छन् ।

यी २७ भुक्तानी सेवा प्रदायकहरुको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामै रहेको छ । सिजी पे, खल्ती, मोहर पे कार्ड, कुराकानी पे र छिटो पैसाको केन्द्रीय कार्यालय ललितपुर रहेको छ भने अरू सबैको काठमाडौं रहेको छ ।

\"\"