कीवर्डहरू -

नयाँ वर्षमा एलजीको अफर, घरायसी सामानको खरिदमा नगद छुट

नयाँ वर्षमा एलजीको अफर, घरायसी सामानको खरिदमा नगद छुट

एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ योजना जारी गरेको छ । यस योजना अन्तर्गत एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट पाइने कम्पनीले जनाएको छ ।

नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफरमा ग्राहकहरुले साइड बाइ साइड डोर रेफ्रिजेरेटरको खरिदमा १४ हजार ४९० रूपैयाँको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरको खरिदमा २ हजार ४५० रूपैयाँको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा २८०० रूपैयाँको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथि) को खरिदमा ५२३० रूपैयाँको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा २६५० रूपैयाँको फ्री इलेक्ट्रीक केटल र वासिङ मशिन टप लोडको खरिदमा १०२० रूपैयाँको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकहरुले ४ हजार रूपैयाँको फ्री जडान सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना चैत्र ११ गते देखि सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।