कीवर्डहरू -

हालसम्म राष्ट्र बैंकबाट १० भुक्तानी प्रणाली सञ्चालकले पाए अनुमति

हालसम्म राष्ट्र बैंकबाट १० भुक्तानी प्रणाली सञ्चालकले पाए अनुमति

नेपाल राष्ट्र बैंकबाट हालसम्म १० वटा भुक्तानी प्रणाली सञ्चालकले अनुमति पाएका छन् । गत चैत ५ गतेसम्म राष्ट्र बैंकबाट १० भुक्तानी प्रणाली सञ्चालकले अनुमति पाएका हुन् ।

राष्ट्र बैंकका अनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स), युनियन पे इन्टरनेसनल कम्पनीले लिमिटेडले अनुमति पाएका छन् ।

त्यस्तै भिजा वर्ल्डवाईड प्राइभेट लिमिटेड, नेपाल पेमेन्ट सोलुसन प्रालि, मास्टरकार्ड एशिया/प्यासिफिक प्राइभेट लिमिटेड, फोनपे पेमेन्ट सर्भिस लिमिटेड, फस्ट पे टेक्नोलोजी प्राइभेट लिमिटेड र गेटवे पेमेन्ट सर्भिस प्रालिले पनि अनुमति पाएका छन् ।

\"\"