कीवर्डहरू -

सिद्धार्थ बैंकमार्फत विदेशमा भुक्तानी गर्न पाइने

सिद्धार्थ बैंकमार्फत विदेशमा भुक्तानी गर्न पाइने

सिद्धार्थ बैंक लिमिटेडले शुक्रबारदेखि विदेशी मुद्राको भुक्तानी सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले ‘सिद्धार्थ ईकम कार्ड’को सुरुवात गरेको छ ।

यस सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रूपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही गरेर कार्डमार्फत नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको हुनुपर्नेछ भने सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ ।

प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य मुद्रा जम्मा गर्न सक्ने पनि बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढि सुविधाजनक बनाउने र बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउने विश्वास लिएको छ ।