कीवर्डहरू -

सुजुकीको ‘नयाँ वर्ष बिग हर्ष’ अफर, बाइक तथा स्कूटरको खरिदमा १० हजार क्यासब्याक

सुजुकीको ‘नयाँ वर्ष बिग हर्ष’ अफर, बाइक तथा स्कूटरको खरिदमा १० हजार क्यासब्याक

सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्सले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा नयाँ वर्ष बिग हर्ष योजना ल्याएको छ ।

यही चैत्र १० गते देखि लागू गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटरको खरिदमा  १० हजार रूपैयाँ ग्यारेन्टिका साथ क्यासब्याक पाइनुका साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहेको छ । जस अन्तर्गत ग्राहकले तुरुन्तै एक्सचेन्ज र फाइनान्स गर्न सक्नेछन् ।

यो योजना नव वर्ष २०७८ लाई मध्यनजर गरि सीमित अवधिका लागि लागू गरिएको कुरा कम्पनीले जनाएको छ । नयाँ डिजाइन र  मोडेलका साथै धेरै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।