कीवर्डहरू -

सस्तो मूल्यका फोनहरुमा पाँच न्यानोमिटरको प्रविधि ल्याउँदै क्वालकमको स्नापड्रागन ७८० जी

सस्तो मूल्यका फोनहरुमा पाँच न्यानोमिटरको प्रविधि ल्याउँदै क्वालकमको स्नापड्रागन ७८० जी

क्वालकमको स्नापड्रागन ७८० जीले सस्तो फोनहरुमा पनि ५ न्यानोमिटरको प्रविधि ल्याउने भएको छ । अहिले सम्म मध्यम स्तरीय फोनहरुमा स्नापड्रागन ७३० जी वा स्नापड्रागन ७६५ जी नै प्रयोग हुने  गर्दछ ।

क्वालकमको अनुसार स्नापड्रागन ७८० जीमा रहेको काइरो ६७० सीपीयू, स्नापड्रागन ७८६ जी भन्दा ४० प्रतिशतले छिटो चल्नेछ ।

एआईसँग सम्बन्धित कार्यहरुलाई पनि यो प्रासेसरले बुस्ट दिनेछ । यसमा कल गर्दा पनि फोनले कम ब्याट्री खर्च गर्ने खालको बनाइएको छ ।

त्यस्तै फोन गरिरहेको बेला यो प्रोसेसरले ब्याकग्राउण्डको आवाजलाई पनि फिल्टर गर्नेछ जसले गर्दा आवाज प्रष्टसँग सुन्न सकिन्छ । क्यामेराको क्वालिटी पनि राम्रो हुने बताइएको छ ।

यसले कम लाईटमा पनि गुणस्तरीय फोटो खिच्न सक्नेछ । ७८० जीले एचडीआरटेन प्लस भिडियो पनि खिच्न सक्नेछ ।

क्वालकमको स्नापड्रागन ७८० जी प्रयोग गरिएको फोन सन् २०२१ को दोेस्रो क्वाटर सम्ममा सार्वजनिक हुने जनाइएको छ ।