कीवर्डहरू -

स्पटीफाइले ल्यायो डेस्कटप र वेब एपमा अपडेट, सजिलै पोडकास्ट र गीतहरु खोज्न सकिने 

स्पटीफाइले ल्यायो डेस्कटप र वेब एपमा अपडेट, सजिलै पोडकास्ट र गीतहरु खोज्न सकिने 

स्पटीफाईले आफ्नो डेस्कटप र वेब एपलाई अपडेट गरेको छ । अपडेट पछि डेस्कटप र वेबमा पनि मोबाइलकै भर्सन जस्तो स्पटीफाई उपलब्ध हुने भएको छ ।

स्पटीफाईको होमपेज अझै व्यवस्थित बनाइएको छ  र साइडबार पनि डीक्लटर गरिएको छ जसले लाइब्ररी अझै व्यवस्थापित हुन्छ ।

अपडेट पछि नयाँ प्लेलिस्ट टूल र डाउनलोड बटन पनि राखिएको छ जसको मद्दतले गीतहरु अफलाइन पनि सेभ गर्न सकिन्छ । सर्च बारमा पनि केही परिमार्जन गरिएको छ । त्यसैले अब पोडकास्ट र गीतहरु खोज्न सजिलाे हुन्छ ।

त्यसैगरि प्लेलिस्टमा ईमेज राख्ने, डिस्क्रिप्सन राख्ने जस्तो कार्यहरु पनि गर्न सकिन्छ ।

डेस्कटपमा यो नयाँ अपडेटले गर्दा प्लेलिस्ट बनाउन पनि सहज भएको हो । यसमा प्रोफाइल पेज पनि रिफ्रेस गरिएको छ जसले टप आर्टिस्ट र ट्रयाकहरु आड गर्ने गर्छ ।

‘रिसेन्टली प्लेड’ अप्सनले हालैमा सुनेको गीत या पोडकास्ट हेर्न दिन्छ ।