कीवर्डहरू -

सामसङले सार्वजनिक गर्‍यो ५१२ जीबीको डीडीआर फाइभ र्‍याम मोड्युल

सामसङले सार्वजनिक गर्‍यो ५१२ जीबीको डीडीआर फाइभ र्‍याम मोड्युल

सामसङले ५१२ जीबीको डीडीआर फाइभ र्‍याम मोड्युल सार्वजनिक गरेको छ । यो मोड्युलको स्पीड डीडीआर फाइभ मेमारीको जस्तै क्षमताको रहेको छ । यसलाई र्‍यामको भविष्य पनि मानिएको छ ।

डीडीआर फाइभ हाईके मेटल गेट प्रविधि प्रयोग गर्ने पहिलो र्‍याम मोड्युल हो । यसले ७२०० एमबी पर सेकेण्डको स्पीड डेलिभर गर्ने गर्छ । यो डीडीआरफोर भन्दा दुई गुणा बढी स्पीड हो ।

अहिलेलाई डीडीआर फाइभलाई सुपरकम्प्यूटिङ, एआई र मेसिन लर्निङमा प्रयोग गरिएको छ तर बिस्तारै यसलाई साधारण पीसी, गेमिङ जस्ता कार्यका लागि पनि प्रयोग गरिने बताइएको छ ।

यसले नन एचकेएमजी मोडयुल भन्दा १३ प्रतिशत पावरको खपत कम गर्ने गर्छ । यो र्‍याम प्रयोग गरिएको पीसी सन् २०२२ मा सार्वजनिक हुने जनाइएको छ ।