कीवर्डहरू -

नेपालको पिकोस्याट प्रोजेक्ट शिर्ष बाह्रमा पुगि माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा

नेपालको पिकोस्याट प्रोजेक्ट शिर्ष बाह्रमा पुगि माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा

नेपालको भर्चुअल रेडियोलोजिस्ट टिमले बनाएको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा पुगेको छ ।

सहभागी १६३ देशहरु मध्य पिकोस्याट माइक्रोसफ्ट इम्याजिन कपकाे टप १२ मा पर्न सफल भएको छ। टप १२ का टिमहरु विश्वव्यापी फाइनल्सको दोस्रो राउण्डमा जाने भएका छन् ।

यो प्रोजेक्ट वातावरण स्याटेलाइटको सानो संस्करण हो । यसले वातावरणको बारेमा जानकारी दिने गर्दछ ।

यसबाट वातावरणको प्रेसर, तापक्रम, ह्युमिडिटी र प्रदूषण स्तर मापन गर्न सकिन्छ । यसले वर्तमान समय र विगत २४ घण्टाको रेकर्ड दिन सक्छ ।

हार्डवेयरबाट दुई ओटा ट्रान्समिसन मिडियम प्रयोग गरेर डेटा ट्रान्सफर गरिन्छ । पहिलो मिडियम एचटीटीपी प्रोटोकल हाे जहाँ डिभाइसले एजुरे आईओटी प्रयोग गरेर सिधै डेटा अपलोड गर्ने  गर्छ र अर्काे भनेको रेडियो वेब प्रयोग गरेर हो ।

डेटालाई मूल्याकंनका लागि प्रयोग गरिन्छ । एजुरे स्ट्रीम एनालाईटिक्सको डेटा मौसम बताउन र  तापक्रममा घटबढ थाहा पाउनलाई काम लाग्छ ।

पृथ्वीको मौसमको अवस्था राम्रो बनाउने यो प्रोजेक्टको लक्ष्य रहेको छ।
यो प्रोजेक्ट अवान श्रेष्ठ, संश्रृत पौडेल, आशिष अधिकारी र सबिल श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन्छ ।

माइक्रोसफ्ट इम्याजिन कपको विजेताले दश लाख भन्दा बढि रुपैयाँ, एजुरे क्रेडिट र वल्र्ड च्याम्पियनसिपमा चार स्थान पाउँनेछ । त्यस्तै रनरअप प्रोजेक्टले दुई लाख पच्चास हजार भन्दा बढि रुपैयाँ र एजुरे क्रेडिट पाउँनेछ ।