कीवर्डहरू -

क्यान इन्फोटेकको प्रवेश टिकटलाई पेपरलेस बनाइने 

क्यान इन्फोटेकको प्रवेश टिकटलाई पेपरलेस बनाइने 

क्यान इन्फोटेक प्रवेश टिकटलाई पेपरलेस बनाइने भएको छ । गत वर्षदेखि नै इन्फोटेकको टिकटलाई पेपरलेस बनाउन शुरू गरेको क्यान महासंघले त्यसलाई अहिले अझै यसवर्ष परिस्कृत बनाउने भएको छ ।

‘गत वर्ष देखिनै हामीले टिकटलाई पेपरलेस बनाउने शुरुवात गरिसकेका छौं,’ क्यान महासंघका महासचिव नारायण थापाले भने, ‘त्यसलाई अहिले अझै परिस्कृत बनाउने गरि काम गरी राखेका छौं ।’

साथै यो वर्ष प्रवेश पास लगाएतका कुराहरुलाई पेपरलेस बनाउने गरी कार्य भइरहेको उनले आइसिटी समाचारसँग बताए ।

क्यान इन्फोटेक २०२१ मा विभिन्न डिजिटल पेमेन्ट प्लेटफर्म तथा वालेट, कियोस्क, भेन्डर मेसिनका साथै क्यान महासंघको वेबसाईट मार्फत पनि टिकट लिन सकिने व्यवस्था मिलाउने महासचिव थापाले बताए ।

आगामी बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म क्यान इन्फोटेक २०२१ आयोजना हुँदै छ । क्यान इन्फोटेकको शिर्ष प्रायोजक प्रभु पे रहेको छ भने सह प्रायोजक वर्ल्डलिंक कम्युकेशन्स रहेको छ ।

इन्फोटेकलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन्, जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार केन्द्र मुख्य हुने जनाइएको छ ।