कीवर्डहरू -

फुडडोलको होली अफर, खानामा भारी छुटदेखि टेक स्टुडियोको गिफ्टसम्म

फुडडोलको होली अफर, खानामा भारी छुटदेखि टेक स्टुडियोको गिफ्टसम्म

खाना होम डेलिभरी गर्ने कम्पनि 'फुडडोल'ले  होलीको अवसरमा विशेष होली अफर ल्याएको छ । अफरमा विभिन्न रेस्टुरेन्टबाट २० देखि २५ प्रतिशतसम्म छुट दिने बताइएको छ ।

उक्त अफरमा खाना अडर गर्ने वा खाना खाने मध्येबाट केहिले चन्द्रागिरी हिल्सको तर्फबाट केबरकार टिकेट, एक जनाले सिनेपाटीको तर्फबाट सेलिब्रेटी मेसेज, टेक स्टुडियोको तर्फबाट विशेष गिफ्टका साथै खल्ती एपबाट पाँच सय रुपैँया उपहार प्रदान गरिने फुडडोलका प्रबन्ध निर्देशक गणेश गुरुङले बताए ।

पछिल्लो समयमा युवा जमात माँझ निकै नै लोकप्रिय बनिरहेको फुडडोलले विभिन्न किसिमका अफरहरु ल्याउन सफल भएको निर्देशक गुरुङले बताए ।

होली नेपालीहरुको विशेष पर्व पनि भएको र विश्वब्वपी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारणले सामाजिक दूरी कायम गर्दै घरपरिवारमा नै बसेर आफुलाई मन परेको खानेकुराहरु विशेष छुटमा सेवाग्राहीहरुले पाउन् भन्ने अपेक्षाका साथ  यो अफर ल्याइएको फुडडोलका प्रबन्ध निर्देशक  गुरुङले जानकारी दिए ।