कीवर्डहरू -

डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएसको इन्टरनेट सित्तैमा

डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएसको इन्टरनेट सित्तैमा

अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

डिशहोम फाइबर नेटले सेवा सुरु गरेसँगै डिसहोम फाईबरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् ।

डिशहोमको रिचार्ज गरी मासिक, त्रैमासिक अर्धवार्षिक बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासँग आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरूका साथै ख्इम् मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न  सक्नेछन् ।

डिशहोम गो वेब मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन् ।

साथै भिडियो अन डिमाण्डमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मज्जा लिन सक्नेछन् ।

नेपालमै टिभीको रिचार्ज गर्दा इन्टरनेटलगायत डिशहोम गो, डिशहोम गो वेब  र एक्सभिओडी उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।

डिशहोम फाईबर नेटले हाल बजारमा १० एमबीपीएस, २५ एमबीपीएस र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ ।