कीवर्डहरू -

इन्फोडेभलपर्स र इसेवा बीच सम्झौता, अब सहकारीका ग्राहकले डिजिटल कारोबार गर्न सक्ने

इन्फोडेभलपर्स र इसेवा बीच सम्झौता, अब सहकारीका ग्राहकले डिजिटल कारोबार गर्न सक्ने

नेपालको पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवा र इन्फोडेभलपर्स बीच सम्झौता भएको छ । सहकारी र माइक्रोफाइनान्सलाई डिजिटल पेमेन्टसँग जोड्न सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् ।

इन्फोडेभलपर्सको सफ्टवेयर तथा एप प्रयोग गरिरहेका सहकारी र माइक्रोफाइनान्सले अब इसेवा र फोनपे पेमेन्ट गेटवे उपयोग गरी कारोबार गर्न सक्ने छन् ।

इन्फोडेभलपर्स नेपालको अग्रणी सफ्टवेयर कम्पनी हो भने इसेवा पेमेन्ट क्षेत्रको अग्रणी कम्पनी हो । इन्फोडेभलपर्समा १ हजार बढि सहकारी आवद्ध रहेका छन् ।