कीवर्डहरू -

एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू

एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ।

भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्ने र बिना झन्झट इ–कमर्स भुक्तान गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकहरूको लागि ३५ दिनका  ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।