कीवर्डहरू -

नयाँ वर्षमा टिभिएसको अफर, १ जना भाग्यशालीले टिभीएस अपाचे आरआर ३१० जित्न सक्ने

नयाँ वर्षमा टिभिएसको अफर, १ जना भाग्यशालीले टिभीएस अपाचे आरआर ३१० जित्न सक्ने

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाह् ग्राहक योजना अघि ल्याएको छ ।

चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्नेछ । यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा रू १०,००० सम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’अफर रहेको छ ।

साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकलवा स्कुटर खरिद गर्ने ग्राहक मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टिभिएस अपाचे आरआर ३१० उपहार स्वरूप प्रदान गरिनेछ ।

योजना यतिमा मात्र सिमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै वाह्ह् सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना अत्तिनै भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्ट्याण्डर्ड एमटी  भर्सनको नयाँ प्रोटोन सागा फेसबुक लाइभमार्फत प्राप्त गर्न सक्नेछन् भने यस योजना माथि उल्लेखित समयावधीभित्र देशमा रहेका सम्पूर्ण टिभिएस शोरुममा लागू हुनेछ ।

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मन मस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्ट पुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।