कीवर्डहरू -

सिजीका आकर्षक फ्यान नेपाली बजारमा

सिजीका आकर्षक फ्यान नेपाली बजारमा

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्र्याएको छ ।

फरक फरक प्रकारका उपभोक्ताहरुलाई मध्य नजर गरि सिजीले फरक फरक किसिमका पंखाहरु ल्याएको जनाएको छ ।

पंखाहरुमा सिंलिङ्ग फ्यान, स्ट्याण्ड फ्यान, टेबुल फ्यान, वाल फ्यान, एगजस्ट फ्यान  र रिचार्जऐबल फ्यानहरु रहेको कम्पनीले जनाएको छ ।

आकर्षक देखिने यी पंखाहरुमा नयाँ नयाँ विषेशताका साथै विभिन्न साईजमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  अब तपाईंले सिलिङ्ग फ्यानको खरिदमा २४ महिनाको वारेण्टी पाउनुका साथै रिमोट पाउन सकिनेछ  ।

यी सिलिङ्ग फ्यानहरु २४ इन्च देखि ४८ इन्च सम्म उपलब्ध रहेका छन् भने १२ महिनाको वारेन्टी र आकर्षक रंगहरुमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।